नेपाली समाज को बिकासक्रम को अध्यायन गर्दा एउटा कहाँली लाग्दो तानसाही साशन देखी आजको लोकतन्त्रीक ब्यबस्था सम्म आइपुगेका छौं ।लोकतन्त्रीक ब्यबस्था आफैं मा साध्य पक्कै हैन यो त केवल साधन मात्रै हो जनता लाई मालिक बनाउने,दीगो बिकास गराउने,अर्थीक बिकास गराउने अनि जनता बाट चुनिएका प्रतिनीधी लाई जनता प्रती नै जवाफ देही बनाउने ।तर हामी कती लोकतन्त्रीक छौं त ?हाम्रो देश कती लोकतन्त्रीक छ त ?२००७ साल को जनता को संघर्स को चाहना राजा रहित को प्रजातन्त्र थियो राजा सहित को प्रजातन्त्र थीएन ।तर जिम्मेवार ठानिएका राजनीतिक दलले जनता को आँखा मा छारो हाले अनि राजा बिना हाम्रो अस्तित्व छैन भन्दै राजा सहित को प्रजातन्त्र को वकालत गर्न थाले ।फलत्:राजनीतिक दलहरु राजा प्रती वफादार बने अनि राजा ले मौका को फाइदा उठाउँदै कलीलो प्रजातन्त्र को मुन्टो परक्कै निमोठे ।जनता पनि कस्तो ज्यद्रो जात हुँदो रहेछ तानासाह को बूट र बन्दूक को पर्वाह नगरि संघर्स को मैदान मा सदा अटल रही रहन्छ । जनता ले २७ साल मा राजा फाल्न खोज्यो-सकेन,३६ साल मा फाल्न खोज्यो-सकेन र अन्तत्:४६ साल को जनक्रान्ती को बुता मा नेपाल प्रजातान्त्रीक बन्यो र तानासाहा राजतन्त्र लाई संबैधानिक बनाउन फेरी पुरानै धोङी हरु लागि परे राजा रहित को प्रजातन्त्र खोजेनन र फेरी पनि राजा बाट प्रजातन्त्र को घाँटी निमोठ्ने काम भयो,जनता ले मानेनन र फेरी २०६२-६३मा आन्दोलन भयो र त्यसको भुमरिले ले राजतन्त्र तहस्-नहस भयो र जनता को युगौं देखी को चाहना संबिधानसभा को चुनाव सम्पन्न भयो ।
र आज को दिन सम्म पनि पुरनै धोङी हरु सत्ता मा छन ।ति पुरनै धोङी जो पटक पटक प्रजातन्त्र को घांटी निमोठ्दा क साक्षी थिए,र एक पटक प्रप्त गरेको उपलब्दी कहिले गुम्दैन भन्ने भन्ने भ्रम पालेर मैमत्त भएका छन्,उनी हरुले सोचेक छन कि उनि हरु ले सिंह को नँग्रा काटेक छन तर सिंह को नंग्रा फेरी पलौन पनि त सक्छ र पुन्: प्रहस हुन सक्छ लोकतन्त्र माथि भन्ने कुरा भुलेका छन ।
त्यसैले खवरदार अब पुन्: पुरनै गल्ती दोहोराएर सत्ता को छिना झप्टी र भ्रस्टाचार मा लाग्योउ भने जनता को हुँकर ले सिर्जना गरेको आँधी ले उँडाएर नेता हरु लाई पनि पक्कै लाने छ ।
६२-६३ को आन्दोलन ले स्रीपेच सहित को राजा त फाल्यो तर जनता जस्तै देखिने,जनता जस्तै भएर हिँड्ने धेरै राजा-राजाउटा हरु पनि जन्माएको छ ।लोकतन्त्र को असली मालिक जनता हुनु पर्छ तर ताला-साँचो आफ्नो हातमा लिएका यिनै राजा-राजाउटा ले पुन्: लोकतन्त्र लाई बन्धी बनाउने काम गरे भने निर्णायक सँघर्श का लागि जनता अफै तयार रहना जरुरी छ ।
लोकतन्त्र सिँहदरबारमा सितल निवास मा मात्रै हैन जनता को झुपडी मा आउन जरुरी छ ।लोकतन्त्र तब सम्म संस्थागत हुन सक्दैन जब सम्म जनता को जिवनस्तर उकासिन्न,नांगा चिथरा मा एक शरो कपास दुइ छाक पिठो र उचित बास पाउन सक्ने अवस्था को सिर्जना हुन सक्दैन,मिहिनेत मज्दुरी गर्ने पर्याप्त मात्र मा श्रम बजार को ब्यबस्था हुँदैन,सबै ले पाउन सक्ने गरी सर्भसुलभ सिक्षा,सिक्षा अनुसार को काम्,काम अनुसार को दाम आउन सक्ने ब्यबस्था बनाउना सकिन्न ।
आज अराजाकता र भड्भैलो गरेर तेश्लाई लोकतन्त्र को नाम्
दिने पनि प्रसस्तै छन ।उनी हरुले बुझ्न जरुरी छ,लोकतन्त्र कहिले पनि एक पक्षिय हुँदैन ,आफ्नो अधिकार प्रयोग गर्दा अर्काको अधिकार संकुचन हुन नदिनु लोकतन्त्र को प्रमुख मर्म हो ।बिधी को साशन को सुनिस्चिततत,जनता को जिउ धन को रक्षा नभए सम्म लोकतन्त्र दिगो हुन सक्दैन ।
लोकतन्त्र लाई संस्थगत गरेर नेपाल लाई अग्रगमी मुलुक बन्न आजको ऐतिहासिक परीस्थितीमा सवल बन्न जरुरी छ ।संक्रमण काल लम्ब्याएर लोकतन्त्र र स्वतन्त्रता को घाँटी निमोठ्न तत्पर लाई गतिलो जवाफ दिन जरुरी छ ।दन्डहिनता को अन्त्य जरुरी छ र जनता लाई मालिक बनाउन जनता आफैँ सचेत हुन जरुरी छ ।

